डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त



काठमाडौंः सरकारले पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्रीसरहको सुबिधा पाउने गरि नियुक्त गरिएको जानकारी दिएका छन् ।

खतिवडाले यहि भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनी सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार मन्त्री पदमा रहेका थिए ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकेका खतिवडाले गत फागुन २१ मा शपथ लिएका थिए । उनको संसद सदस्य पद फागुन २० गते सकिएको थियो ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्