प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त



काठमाडौंः नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो ।

कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनी वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक तोकिएका छन् ।

प्रकाशितः ३० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्