गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण



पोखरा : गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ ।

बुधबार बिहान थपिएका कोरोना संक्रमितमध्ये कास्कीका २९ छन् । संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर–४ का आठ जना, ११ का पाँच जना, ८ का तीन जना, २७ का चार जना, १५ का दुई जना, १० का दुई जना र वडा नम्बर– १, ५, ६ र ९ मा एकरएक जना छन् ।

यसैगरी रुपा गाउँपालिका–१ का एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार गोरखामा १३ जना, तनहुँमा पाँच जना र बागलुङमा तीन जना संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमध्ये पोखरा–४ का ८ जना पुरुष नेपाल प्रहरीमा कार्यरत छन् ।

प्रकाशित : भदौ ३१, २०७७

प्रतिक्रिया दिनुहोस्