निरन्जनको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा राख्न आदेश



जनकपुरधाम: जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

रामको हत्या आरोपमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर(८ जिङ्गडीयाका २० वर्षीय निरन्जन रामको गत साउन ३१ गते घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका अर्जुन राम, अजय कुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत रौतहटले मंगलबार पुर्पक्षका लागी कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका ७ जना मध्ये निरन्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छोडेको उनले बताए ।

‘मंगलबार थुनकछेक बहस पछि आरोपी मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएको हो । प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने,ुअर्का आरोपी १९ वर्षीय विवेकराय यादवको उमेर नपुगेका कारण पुनः स्थापना केन्द्र पठाउने आदेश दिईएको हो । ’

उनका अनुसार अर्का आरोपी सिकिन्द्र पासवानको मानसिक स्थिति ठिक नभएकाले उनलाई उपचारका लागि अस्पताल पठाउने र स्वास्थ्य अवस्था ठिक भएपछि अदालतमा पेश गर्ने आदेश दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्