धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु



धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

धनगढी उप-महानगरपालिका वडा नं.५ की ५७ वर्षीया संक्रमित महिलाको आज साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधिसमेत प्रयोग गरिएको थियो । योसंगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्