जीप दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु



जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

 

जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप बुधबार दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सीताराम रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्