सुदूरपश्चिममा बलात्कारका घटना वृद्धि



धनगढी : सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणीका घटना बढ्न थालेका छन् । पछिल्लो समय कोरोना भाइरस जोखिम हुन नदिन गरिएको बन्दाबन्दीको अवधिमा प्रदेशमा जबरजस्ती करणी र बलात्कारका घटना बढेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

गत चैत महिनायता हालसम्म प्रदेशका नौवटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा गरी कुल १५० वटा मुद्दा प्रहरीमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत चैतमा कैलालीमा छ, कञ्चनपुरमा तीन, बाजुरा र बझाङमा दुई÷दुई बैतडीमा एक गरी जबरजस्ती करणीका १४ वटा मुद्दा दर्ता भएका छन् ।

त्यसैगरी गत वैशाखमा कैलालीमा आठ, कञ्चनपुरमा तीन र डोटी, अछाम, बाजुरा र दार्चुलामा एक÷एक जबरजस्ती करणीका घटना प्रहरी कार्यालयमा दर्ता भएको बताइएको छ । गत जेठमा यहाँ जबरजस्ती करणीमा २३ र जबरजस्ती करणी उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । गत असारमा भने मुद्दा बढेर जबरजस्ती करणीमा २५ र जबरजस्ती करणी उद्योगमा १२ वटा गरी ३७ वटा मुद्दा यहाँका जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कैलालीमा दुवै मुद्दा गरी २१ वटा मुद्दा दर्ता भएका छन् ।

गत साउनमा पनि जबरजस्ती करणीसम्बन्धी मुद्दा ३२ पुगेको प्रहरी तथ्याङ्कले देखाएको छ । साउनमा जबरजस्ती करणीमा २१ र सोसम्बन्धी उद्योगमा ११ वटा मुद्दा दर्ता भएका छन् । भदौमा पनि जबरजस्ती करणीसम्बन्धी १५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बन्दाबन्दीमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटना विगतकै अवस्थामा रहेको छ । “विगतको तथ्याङ्क हेर्ने हो भने पनि केही तलमाथि बाहेक समान नै छ । बन्दाबन्दी भएर यस प्रकारका मुद्दा बढे वा घटे भनिहाल्नुपर्ने अवस्था छैन्”, उनले भने ।

ती घटनामा संलग्न अभियुक्तहरू कानूनी कारबाहीको दायरामा रहेको सिँहले जानकारी दिए । “अपराधमा संलग्नहरू यी मुद्दामा कोही पनि फरार रहेको अवस्था छैन”, उनले भने, “कोरोना कहरको जोखिमका बीच पनि प्रहरी गाउँबस्ती दूरदराजसम्म पुगेर सुरक्षाको आभास दिलाइरहेकै छ ।”

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो

पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई गुटबिच भएको

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ