जसपाले संविधानविरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने



काठमाडौं : जनता समाजवादी पार्टीले नेपालको संविधान जारी भएको दिन भोलि असोज ३ गते देशव्यापी विरोध कार्यक्रम गर्न सञ्चालन गर्ने भएको छ । संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेशवादी दलले भोलि कालो दिवस मनाउने पूर्व निर्णयबमोजिम विरोध कार्यक्रम गर्न लागेका हुन् ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण विरोधका कार्यक्रमहरु गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुको साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हु्ँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा भएका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि विरोध कार्यक्रम गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ ।


नेपाल सरकारले भोलि संविधान दिवसका अवसरमा सार्वजनिक विदा दिनुको साथै देशव्यापी कार्यक्रम आयोजना गर्दैछ । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । संविधानप्रति मधेशवादी दलहरुले असन्तुष्टि जनाउँदै संशोधनको माग गर्दै आएका छन् ।
जसपाको विज्ञप्ति यस्तो छ स्

प्रतिक्रिया दिनुहोस्