चौधरी ग्रुपद्वारा डिकरको बिक्री वितरण सुरु



काठमाडौं : चौधरी ग्रुप (सीजी)ले अमेरिकन ब्राण्ड ब्ल्याक प्लस डिकरका घरायसी सामानको बिक्री विरण सुरु गरेको छ ।

सीजीले शुक्रबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै ब्ल्याक प्लस डिकरको बिक्री वितरण सुरु गरेको हो । चौधरी ग्रुप अन्तरगत सीजी इम्प्लेक्सले बी प्लस डीका घरायसी सामाग्रीको बिक्री वितरण गर्ने सीजी कम्पनीले जानकारी दिएको छ ।

घरायसी सामाग्रीहरुमा स्ट्रीम आइरन, ग्रिन्डर मिल्स, राइस कुकर, गार्मेन्ट स्टिमर, स्याण्डवीच मेकर, हिटर माइक्रो ओभन ओटिजी जस्ता सामान रहेका छन् । यी घरायसी सामाग्री बी प्लस डी ब्रान्ड बहुराष्ट्रिय अमेरिकन ब्राण्ड विश्वभरि नै ग्राहकको उच्च रोजाईमा पर्ने सामाग्री रहेका सीजीको दावी छ ।

नेपालमा पनि सबैले यी घरायसी सामाग्री रुचाउने विश्वास कम्पनीले लिएको छ । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्रान्डको बिक्रि वितरण गर्दै आएको छ ।

ब्ल्याक प्लस डिकर एउटा प्रतिष्ठीत अमेरिकन ब्राण्ड हो । सिजीको सिजी इम्पेक्स कम्पनीसँगको सहकार्य र साझेदारीमा बिक्री वितरण सुरु गरिएको हो । शुक्रबार गरिएको भर्चुअल प्रेस कन्फ्रेन्स मा सिजी इम्पेक्सका तर्फबाट सिनियर पदाधिकारीहश्रको उपस्थिति रहेको थियो ।

साथै ब्ल्याक प्लस डिकर इन्डियाबाट निलान्जन भट्टचार्य (निर्देशक, साउथ एसिया) र अमित राटौरी (प्रमुख इक्सपर्ट) ले पनि भर्चुवल माध्यमबाटै सिजी इम्पेक र ब्ल्याक प्लस डिकर कम्पनीको बीच भएको साझेदारीका बारेमा जानकारी गराएका थिए ।

प्रकाशितः २ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्