विभूषित हुने ५८६ जनामा नाम घोषणा : कसलाई के पदक ?



काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको छ । ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ ।

उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् । यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम्र)’ वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।

त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

यसैगरी ‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी र सशस्त्र प्रहरीका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने सूचना सार्वजनिक गरिएको छ ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट ८७ जना, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट २ सय ४२ जना, जनसेवाश्री (पञ्चम) बाट १ सय ४, राष्ट्रयशोवर्द्धक २, नेपाल सेवा प्रवीण १, समाज सेवा रत्न ११, परम पौरख भाष्कर १२, नेपाल प्रताप सुभूषण २४, अतिपौरख भाष्कर २०, नेपाल प्रताप आभूषण १४, महापौरख भाष्कर १२, नेपाल प्रताप भूषण १८, राष्ट्रसेवा पदक २, सुकीर्ति पदक १२ र प्राकृतिक प्रकोप पीडितोद्वार १३ जनालाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर

चितवन– कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। पूर्वि नवलपरासीको

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने