चन्द्रनिगाहपुरकी ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहपुर ५ की ६० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो । उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो ।

ती महिलालाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको डा. लम्सालले जानकारी दिए । योसँगै चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने जिल्लाका मात्रै १७ जना छन् ।

यसैगरी बुटवलमा पनि एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–१० का ६९ वर्षीय पुरुषको आज बिहान १ बजे मृत्यु भएको हो ।

कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए ।

योसँगै बुटवलमा २ जना महिला र ६ पुरुषसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : असोज ३, २०७७

प्रतिक्रिया दिनुहोस्