प्रदेश ५ सरकारले ११ विधामा ५८ जनालाई विभूषण प्रदान गर्ने



बुटवल : प्रदेश ५ सरकारबाट विभूषण हुने ५८ जनाको नाम सार्वजनिक भएको छ । विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै प्रदेश सरकारले ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने छ ।

प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने भएको छ ।

बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको भन्दै उनलाई पदक दिने निर्णय गरिएको हो ।

त्यस्तै प्रदेश रत्न पदक (क) बाट ड्रयागन खेतीमार्फत कृषि क्षेत्रमा नौलो काम गरेका पूर्व मन्त्री दाङका लोकेन्द्र विष्टमगरलाई र प्रदेश रत्न पदक (ख) रुकुम पूर्वकी लक्ष्मी प्रसाद पुन, रुपन्देहीको अर्घाखाँची सिमेन्ट प्रालिका साथै रुपन्देहीकै सगुन कन्स्ट्रक्सनलाई प्रदान गरिने छ ।

प्रदेश रत्न पदक (ग) दाङका मार्शल रोका, गुल्मीका भोजराज रेगामी र बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ ।

यस्तै दाङका गुमराह थारुले प्रदेश प्रमुख जनसेवा पदक पाउने भएका छन् । प्रदेश प्रमुख जनसेवा पदक ‘ख’बाट प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्तिलाई मरणोपरान्त विभूषित गरिने भएको छ ।

प्रदेश प्रमुख जनसेवा पदक (ग) सशस्त्र द्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहामगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने भएको छ ।

मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (क) प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई (मरणोपरान्त) प्रदान गरिने भएको छ । त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ख)बाट दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालीन जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल (मरणोपरान्त)लाई विभूषित गरिने छ ।

मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ग) सशस्त्र द्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने भएको छ ।

प्रदेश सेवा समर्पण पदक (क) लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनाललाई प्रदान गरिने छ भने प्रदेश सेवा समर्पण पदक (ख) भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ध्रुव धिताल, जिल्ला समन्वय समिति पूर्वीरुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुमितकुमार अग्रहरी, योग प्रशिक्षक रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रेमबहादुर गौतमलाई दिइने भएको छ ।

त्यसैगरी प्रदेश सेवा समर्पण पदक (ग) प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुष्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ ।

सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंहद्वीप पदक (ख)बाट प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ ।

उजिरसिंहद्वीप पदक (ग)बाट जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर, इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु र जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई विभूषित गरिने छ ।

समाजसेवा श्री पदक (क) संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदान गरिने भएको छ । त्यस्तै समाजसेवा श्री पदक (ख) रुपन्देहीका पत्रकार अर्जुन ज्ञवाली, बाँकेका रोमहर्ष धिताल, अर्घाखाँचीका डा. चित्र प्रसाद वाग्ले (मरणोपरान्त) र नवलपरासी पश्चिमका खिमलाल पोख्रेललाई दिइने भएको छ ।

समाजसेवा श्री पदक (ग) दाङका विनय पोख्रेल, अर्घाखाँचीकी पवित्रा पौडेल, कपिलवस्तुकी प्रभा पौडेल, बाँकेकी सरीता खनाल र गुल्मीको आशा अपांग केन्द्रलाई प्रदान गरिने भएको छ ।

पुथा श्री पदक (ख) सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी, पुथा श्री पदक (ग) दाङको बुलबुले थारु पाहुना घर र जैविक होमस्टे बर्दियालाई दिइने भएको छ ।

प्रदेश प्रज्ञा पदक दाङका नारायण सिंह गुरुङ्ग, प्रदेश प्रज्ञा पदक (ग) पाल्पाको धवल पुस्तकालयले प्राप्त गर्ने भएका छन् ।

प्रजापति गौतमी पदक (क) पाल्पाकी चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त), प्रजापति गौतमी पदक (ख) पाल्पाकै पूर्णमाया महर्जन, प्रजापति गौतमी पदक (ग) रुपन्देहीकी रिता सेन ओली र रोल्पाको त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगले पाउने भएका छन् ।

यस्तै दंगीशरण बलिहाङ्ग पदक (क)बाट रुपन्देहीका गजलकार बुँद राना, दंगीशरण बलिहाङ्ग पदक (ख) बाँकेका श्यामानन्द सिंह, दंगीशरण बलिहाङ्ग पदक (ग) दाङका गोरन चौधरी (मरणोपरान्त) र कपिलवस्तुका मोहम्मद इलिहात खाँलाई विभूषित गर्ने निर्णय प्रदेश ५ सरकारले गरेको छ ।

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो

पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई गुटबिच भएको

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ