नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा शुरु भएको छ । आइतबार बिहान पेडिसडाँडामा शुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाडामा बसेको हो ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल हुने छ। विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले संघ र प्रदेशको मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचार

पेरिसडाँडामा पहिलो पटक नेकपा सचिवालय बैठक बस्दै, ओली पनि सहभागी हुने

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्