कैलालीका २६ सहित थप ३२ जनामा कोरोना पुष्टि



धनगढीः सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८ जनाको कोरोना परीक्षण गरीएकोमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सुर्नाया-४ बैतडीका एक महिला, धनगढी उप-महानगरपालिका वडा नं.१ का १ जना, वडा नं.२ का २ जना, वडा नं.३ का ६ जना, वडा नं.१२ का २ जना, वडा नं.१७ का २ जना, वडा नं.१९ का १ जनामा संक्रमण पुष्टि भएको छ ।

घोडाघोडी नगरपालिका वडा नं.१ का ६ जना, भजनी नगरपालिका वडा नं.३ का १ जना, गोदावरी नगरपालिकाका ३ जना, कैलारी गाउँपालिकाका २ जना, कृष्णपुर नगरपालिका वडा नं.७ का १ जना, महाकाली नगरपालिका वडा नं.६ का १ जना, पुनरवास नगरपालिकाका २ जना, बेदकोट नगरपालिका वडा नं.५ का १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्