इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र एष्टन भिल्लाकाे विजयी शुरुवात



काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी र एष्टन भिल्लाले विजयी शुरुवात गरेका छन् ।

उल्फ्सलाई ३-१ गोलले हराउँदै सिटीले लीगमा शानदार शुरुवात गरेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि केविन डी ब्रुनी, फिल फोडिन र गेबरियल जिसस गोल गरेका थिए ।

उल्फ्सका लागि राउल जिमिनेज एक गोल फर्काएका थिए । २० औं मिनेटमा पाएको पेनाल्टीलाई ब्रुनीले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा फोडिनले गोल थप्दै सिटीको अग्रता दोब्बर पारेका थिए ।

उल्फ्सका लागि ७८ औं मिनेटमा जिमिनेजले एक गोल फर्काएका थिए । त्यसपछि इञ्जुरी समयको पाँचौं मिनेटमा जिससले गोल गरेपछि सिटी ३-१ ले विजयी भएको हो ।

गएराति नै सम्पन्न अर्को खेलमा एष्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १० गोलले पराजित गरेको थियो । भिल्लाको जितमा ६३ औं मिनेटमा इरी कोन्साले गरेको गोल नै निर्णायक बनेको थियो । सेफिल्डका जोन इगनले खेलको १२ औं मिनेटमा रातो कार्ड पाएका थिए । सेफिल्डको यो लगातार दोस्रो हार हो ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्