रियाको जमानतका लागि गरिएको अपिल अस्वीकार



मुम्बईः भारतीय अभिनेत्री रिया चक्रवर्तीको जमानतका लागि गरेको अपिल उच्च अदालते अस्वीकार गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाले बाँकी दोषीहरुलाई सचेत गराउने र प्रमाणहरु नष्ट गर्न सक्ने सम्भावना भएकोले जमानतका लागि दिएको अपिल निवेदन उच्च अदालतले खारेज गरिदिएको हो ।

जमानत निवेदन खारेज भएसँगै उनी ८ अक्टोबरसम्मका लागि न्यायिक हिरासतमै रहने भएकी छिन् । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा लागुऔषधको मुद्दामा उनलाई सेप्टेम्बर ८ मा एनसीबीले पक्राउ गरेको थियो ।

११ सेप्टेम्बरमा उनले जमानतका लागि पहिलो पटक गरेको अपिल खारेज भएको थियो । रियासहित एनसीबीले उनका भाई सोविक चक्रवर्ती, बसित परिहार र सुशान्तका घरमा काम गर्ने कामदार दिपेश सावन्त र अपार्टमेन्ट म्यानेजर साम्युएल मिरान्डालाई पक्राउ गरेको छ । अहिले उनीहरु सबै जना हिरासतमा छन् ।

उनीहरुले एनडीपीएस मुद्दामा बम्बई उच्च अदालतमा जमानत निवेदन दायर गरेको छ । यसको सेप्टेम्बर २३ मा सुनुवाइ हुँदैछ ।

प्रकाशित :६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्