आजको नेप्से परिसूचक घट्यो



काठमाडौंः नेप्से परिसूचक आज (मङ्गलबार) २२.९१ अंकले घटेको छ ।

सोमबार ६ अंकले घटेको परिसूचक मङ्गलबार पनि घटेर १५ सय ४६.१५ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मङ्गलबार कारोबार हुने सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूहको उपसूचक १०९.४७ अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.८४ अंकले घटेको छ ।

मङ्गलबार दिनभर २ अर्ब ८१ करोड रुपैयाँ बराबरका ७८ लाख ५६ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने सोमबारको तुलनामा थोरैले बढी हो ।

मङ्गलबार सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ३१ करोड ९५ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार घटेको दिन पनि युनाइटेड फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले ६.८२ प्रतिशत कमाएका छन् । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् ।

प्रकाशित : ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्