अस्ट्रेलियामाथि पाकिस्तानकाे सानदार जित



एजेन्सी : पहिलो टी- २० क्रिकेट खेलमा पाकिस्तानले अष्ट्रेलियालाई सहजै रुपमा हराएको छ । पाकिस्तान ६६ रनले विजयी हुदैँ तीन खेलको टी – २० क्रिकेट श्रृंखलामा १ – ० ले अग्रता लिएको छ 

 

१ सय ५६ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलिया १६ ओभर ५ बलमा अल आउट हुँदै मात्र ८९ रन जोड्न सक्यो । अष्टेलियाका लागि कुल्टन नाइल ३४, अस्टन अगर १९ र क्रिस लायनले १४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले पाकिस्तानका बलर सामु क्रिजमा दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

अष्ट्रेलियालाई सस्तैमा अल आउट गर्न पाकिस्तानका इमाद वासिम ३,फेहिम असरार्फ र शाहिन अफ्रिदीले समान दुई विकेट लिँदा हसन अली र शादव खानले पनि समान एक विकेट हात पारे ।

 

यसअघि अबु धाबमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा बाबर आजमको अर्धशतकको सहयोगमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

 

बाबरले ५५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६८ रनमा नट आउट रहे । त्यस्तै मोहमम्द हफिज ३९ र फकर जमानले १४ रन बनाउन बाहेक अन्य ब्याटम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका लागि नाइल र बिली स्टेनलेकले समान तीन बिकेट लिए ।

 

अष्ट्रेलिया र पाकिस्तानबीच थप दुइ टी- २० खेल हुने छ । दोस्रो खेल आगमी अक्टोबर २६ अर्थात शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्