मोरङमा झापाका कोरोना संक्रमित वृद्धको मृत्यु



विराटनगर : मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको भद्रपुर–१० घर भएका गहतराज थरका ८६ वर्षीय वृद्धको बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाका अनुसार कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

उनका अनुसार वृद्धलाई ज्वरो, नियमोनिया र श्वासप्रश्वासमा समस्या थियो । कोरोनासँग लक्षण मिल्ने जटिल खालको निमोनिया देखिएपछि उपचारका क्रममा बचाउन धेरै प्रयास गरिएको उनको भनाइ छ । कोइरालाका अनुसार वृद्धमा मृगौला सम्बन्धी समस्या पनि थपिएको थियो ।

प्रकाशित : असोज ७, २०७७

प्रतिक्रिया दिनुहोस्