करेन्ट लागेर एक जनाको मृत्यु




कैलाली : खेतमा खुल्ला छोडिएको बिद्युतीय तारबाट करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने २९ वर्षीय रघुवीरसिंह धामी रहेको प्रहरीले जनाएको छ । रातको समयमा सोही ठाउँ बस्ने नन्दराम ठगुन्नाको खेतबारीमा खुल्ला छोडिएको विद्युतको तारमा करेन्ट लागेर गएराती उनको मृत्यु भएको हो ।

मृतकसँगै अरु ४ जना रहेकोले घटनाको थप अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्