बाढीले गाडी बगाउँदा एकको मृत्यु, २ जना बेपत्ता



काठमाडौंः कपिलवस्तुमा नेपाल विद्युत प्राधिकरणको गाडी मोतिपुर खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ भने, दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वाणगंगा नगरपालिकास्थित मोतिपुर खोलाले बा १ ञ १०८९ नं.को गाडी बाढीले बगाउँदा चालक माधव पाण्डेको मृत्यु भएको हो ।

विद्युत प्राधिकरण जितपुर वितरण केन्द्रका इन्चार्ज कृष्ण पौडेल र सितगंगा नगरपालिका वडा नं.१३ केशवप्रसाद भाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण आधिकारिक टे«ड युनियन राष्ट्रिय कर्मचारी युनियन प्रदेश पाँचका अध्यक्ष कल्पना थापा कडेरिया भन्ने ठाउँमा ट्रान्सफर्मर मर्मत गरेर फर्किदै गर्दा गाडी भेलले बगाएको बताइन् । गाडीमा ६ जना सवार थिए । अन्य तीन जना हाम फालेर बाँचेकाका छन् ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्