पाल्पामा पहिरो जाँदा गर्भवती महिलासहित ६ जना बेपत्ता, तीन घर पुरिए



पाल्पा : पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरो जाँदा तीन घर पुरिएको छ भने ६ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका हुन् ।

बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए ।

मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।

यसैगरी फोक्सिङ्कोटकै सुरुमडाँडामा अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी…

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्