स्याङ्जामा पहिरो जाँदा दुई जनाको मृत्यु, ८ जना बेपत्ता



स्याङ्जा : लगातारको वर्षासँगै गएको पहिरोमा परि स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको र वालिङ नगरपालिका–१४ तमादीमा एक जनाको पहिरोमा परी मृत्यु भएको हो ।

स्थानीय बाबुराम दमाई र जगतबहादुर दमाईको घरमाथिबाट खसेको पहिरोले दुवै जनाको घर बगाएको छ । पहिरोमा परि मृत्यु भएका विष्णु बाबुरामका छोरा हुन् ।

बुधबार राति २ बजे आएको पहिरोले घर बगाउँदा विष्णु पुरिएका थिए । बिहीबार बिहान ५ बजे ३० मिनटमा उनलाई उद्धार टोलीले मृत अवस्थामा भेटाएको प्रहरीले बताए ।

एक जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ । प्रहरीका अनुसार परिवारका ८ जना सदस्य भने बेपत्ता छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा जुटेको प्रहरीले बताए ।

यसैगरी अर्का मृतकको नाम नखुलिसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्