भारतको अर्थव्यवस्था ५.९ प्रतिशत खस्कने अनुमान



काठमाडौंः (कोभिड-१९) महामारीको प्रकोपका कारण २०२० मा भारतीय अर्थव्यवस्थामा ५.९ प्रतिशतले खस्कने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्र संघको एक रिपोर्ट अनुसार यसको असर आगामी वर्ष पनि हुने र संकुचनका कारण स्थायी रुपमा आयमा कमी आउन सक्ने आशंका गरिएको छ । संकटाडको व्यापार एवं विकास रिपोर्ट २०२० मा विश्वव्यापी अर्थव्यवस्थाले गहिरो मन्दीको सामना गरिरहेको र महामारीमा पनि हालसम्म नियन्त्रण पाउन नसकिएको उल्लेख छ । अंकटाडको यो रिपोर्टमा यो वर्ष विश्वव्यापी अर्थव्यवस्थामा ४.५ प्रतिशतको कमी आउने अनुमान गरेको छ ।

विश्व आर्थिक परिदृश्यको गम्भीर दृश्य प्रस्तुत गर्दै अंकटाडले आफ्नो रिपोर्टमा भनेको छ,“संक्षेपमा ब्राजिल, भारत र मेक्सिकोको अर्थव्यवस्था पुरै तहसनहस हुनाले विश्वव्यापी अर्थव्यवस्था संघर्षरत अवस्थाबाट गुज्रिरहेको छ । घरेलु गतिविधि संकुचन हुनाले अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा यसको असर परिरहेको छ । यो वर्ष व्यापार २० प्रतिशतले घट्ने छ ।” एजेन्सी

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्