मृगौला पिडित देवकोटाको उपचारका लागि अमेरिकाबाट सहयोग



काठमाडौं : नेपाल तरुण दल सुनसरीका पुर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि रकम संकलन भएको छ ।

रकम संकलन गर्ने प्रति नेपाल तरुण दल केन्द्रिय समिति मुक्तकण्ठले आभार व्यक्त गरेको छ । काठमाडौं क्षेत्र नं.३ का महासमिति सदस्य हरिबोल भण्डारी, गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्का र विभागका सदस्य विकास उप्रेतीप्रति दलले आभार व्यक्त गरेको हो ।

उनीहरुले मृगौला पिडित नेपाल तरुण दल सुनसरीका पुर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि अमेरिकाबाट २ लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन गरेका हुन् ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्