चीनको सबैभन्दा धनी व्यक्ति जोङ शानशान



काठमाडौंः चीनको सबैभन्दा धनी व्यक्ति जोङ सानशान बनेका छन् ।

ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार बुधबार जोन सानशान चीनकै धनी व्यक्ति बनेका हुन् । उनले यसअघिका चीनका सर्वाधिक धनीको सूचीमा लामो समय राज गरेका ज्याक मालाई उछिनेका छन् ।

जोङ ‘नोङ फुङ’ नामक बोतलको पानी र खोप निर्माता कम्पनीका संस्थापक हुन् । ब्लुमवर्ग बिलेनियर इन्डेक्सका अनुसार जोङ शानशानको कुल रकम ५८ अर्ब ७ करोड डलर पुगेको छ । यो भनेको ज्याक माको भन्दा २ अर्ब डलर बढी रकम हो ।

योसँगै जोङ एसियाका दोस्रो सबभन्दा धनी व्यक्ति भएका छन् । एसियाका सबैभन्दा धनी व्यक्ति भने हाल भारतका मुकेश अम्बानी हुन् । संसारका सबैभन्दा धनी व्यक्तिमध्ये भने जोङ १७ औं स्थानमा छन् । ‘लोन उल्फ’ उपनाम पाएका जोङको व्यापार सन् २०२० मै करिब ५२ अर्ब डलर वृद्धि भएको स्ट्रेट टाइम्सले जनाएको छ ।

२०२० मा धेरै कमाइ गर्ने कम्पनीमा उनी तेस्रो स्थानमा रहेका छन् । अमेजनका जेफ बेजोस र टेस्लाका एलन मस्कले पनि यो वर्ष अत्यधिक कमाइ गरेको जनाइएको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्