सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदै



काठमडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति निर्माण गरिएको छ ।

समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताब तयार गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसमेतको सहयोगमा अहिले आन्तरिक पर्यटन प्रवर्द्धनको योजना बनाइरहेको छ । जसमा सातामा दुई दिने सार्वजनिक बिदाको प्रस्ताव गरिएको छ ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर

चितवन– कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। पूर्वि नवलपरासीको

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने