काठमाडाैं अाइपुगे भाकपाका महासचिव सीताराम यचुरी



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार बिहान काठमाडौ आइपुगेका छन्। उनीसँगै पार्टीका केन्द्रीय सदस्य जोगेन्द्र शर्मा पनि सहभागी छन्।

 

यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम छ। 

 

साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत उनले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्