प्रहरी नायब निरीक्षक मृत फेला



दार्चुलाः दार्चलामा प्रहरी नायब निरीक्षक मृत फेला परेका छन्

आज (शुक्रबार) बिहान करिब ४ बजे महाकाली नगरपालिका ४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनले भने,‘सरूवा भएर जाँदै हुनुहुन्थ्यो । राति होटलमा बास बस्नुभएको थियो, बिहानपख होटलको बाथरूम बाहिर लडेको अवस्थामा भेटिनु भएको थियो ।’

उनलाई जिल्ला अस्पताल दार्चुला पुर्याइएको थियो । त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए । उनको नाक र मुखबाट रगत बगेको थियो । उनी प्रेसरका बिरामी रहेको बताइएको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्