आज सुन तोलामा ८ सयले बढ्यो



काठमाडौं : आज शुक्रबार सुन र चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार हुँदै छ ।

त्यसैगरी चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर तोलाको ११ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्