फेरिदै विकिपेडियाको डिजाइन



एजेन्सी : वासिङटन-विकिपेडियाको डेस्कटप इन्टरफेस विगत १० वर्षदेखि समान रहदै आएको छ ।

यसमा कुनै परिवर्तन छैन रिडिजाइनको यतारी चलिरहेको छ । सबैभन्दा ठूलो परिवर्तन टेबल अफ कन्टेन्टमा हुने छ । किनकी डिजाइन परिवर्तन भएपछि टेबल अफ कन्टेन्टमा ट्याप गरेपछि तपाईले लिस्ट एक्सेस पाउनु हुने छ । यसले कुनै आर्टिकलको फरक-फरक अवस्थाको बारेमा जान्न झनै सहज बनाइ दिने छ ।

विकिपेडियाको परिवर्तनमा डेस्कटप इन्टरफेसमा दिइएको साइडबारलाई हटाउन सकिन्छ । ह्यामबर्गर आइकनमा क्लिक गर्नाले यसलाई कोल्याप्स गर्न सकिन्छ ।

भाषा परिवर्तन गर्नका लागि एक क्लिक बटन दिइन्छ । जसको माध्यमबाट तपाईले सामग्री पढ्ने समयमा क्लिकबाटनै भाषा परिवर्तन गर्न सक्नु हुनेछ । सर्च टुलको कुरा गर्ने हो भने विकिपेडियाको नयाँ इन्टरफेसमा राम्रो सर्चको अप्सन पाइने छ । डिजाइन परिवर्तनको अवधिमा कुनै पनि विषयबस्तु र फीचर्सबाट कुनै पनि प्रकारको घोचपेच गरिने छैन र त्यो पहिले जस्तै हुनेछ ।

सामग्री खोज्न मानिसलाई सजिलो होस् भनेर विकिपेडियालाई राम्रो तरिकाले व्यवस्थापन गर्न लागिएको विकिपेडियाले जनाएको छ । मिडियाविकी डट अर्ग पेजमा गएर तपाई विकिपेडियामा गरिएको परिवर्तनको बारेमा जान्न सक्नु हुन्छ । डेस्कटप इन्टरफेसलाई कम्पनीले आधुनिक वेब पेजको दृष्टिकोणबाट तयार गरिरहेको छ ।

विकिपेडिया फान्डेशनले भनेको छ कि परिवर्तन लामो समय सम्म हेर्न सकिने छ । नयाँ फीचर्सको परीक्षण गर्न सकिने छ । तर, पुरै रुपमा नयाँ इन्टरफेस आगामी वर्षको अन्त्य सम्ममा लाइभ हुने छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्