विश्वमा संक्रमित संख्या ३ करोड २४ लाख पुग्यो



काठमाडौं : विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् । एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् । अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ७४ लाख ९७ हजार ५६० जनाको अवस्था सामान्य छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा एकै दिन ४५ हजार ३२८ जनामा कोरोना पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ । एकैदिन ९४२ सहित मृतकको संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

दोस्रो स्थानको भारतमा एकैदिन ८५ हजार ९१९ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । अहलिेसम्म ९२ हजार ३१७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै तेस्रो धेरै संक्रमित भएको मुलुक ब्राजिलमा एकैदिन ३२ हजार १२९ संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । १ लाख ३९ हजार ८३३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्