कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर २० लाख मानिसको मृत्यु हुने : डब्ल्यूएचओ



काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट २० लाख मानिसको मृत्यु हुन सक्ने बताएको छ ।

डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिनुपर्ने बताए ।

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना संक्रमण फैलिन शुरु गरेको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ भने तीन करोड २० लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा उनले बताए ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्