उखु किसानद्वारा गरुडामा चक्काजाम



जनकपुरधाम : उखु उत्पादक संघ र श्री राम सुगर मिल्सका मजदुरहरुको माग पूरा गराउन दबाब स्वरुप शनिबार उखु किसानहरुले चक्काजाम गरेका छन् ।

उखु उत्पादक संघ तथा श्रीराम सुगर मिल्स गरूडाका मजदुरहरूको माग पूरा गराउन जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको सहयोगमा उखु किसानहरुले गरुडामा आज एक घण्टा चक्काजाम गरेका हुन् ।

कार्यक्रममा जनता समाजवादी पार्टीका युवा नेता तथा पूर्वसांसद बबन सिंह, जसपाका युवा नेता बृज यादव, देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेल, नेकपाका नेता कल्लिमुल्लाहलगायतको उपस्थिति रहेको थियो ।

किसानहरूले श्रीराम सुगर मिल्स पुनःसञ्चालन गर्न, किसानहरूको बक्यौता रकम भुक्तानी गर्न लगायतका माग पूरा नभएसम्म कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

उनीहरुले पूर्वनिर्धारित कार्यक्रम अनुसार आइतबार २ घण्टा र सोमबार ३ घण्टा चक्काजाम गर्ने बताइएको छ ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्