प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण



काठमाडौं : प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा.दिव्या सिंह शाहलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब दिएकी थिइन् । शनिबार पोजेटिभ रिपोर्ट आएको र होम आइसोलेसनमा बसेको उनले बताइन् ।

शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन् । ३ दिन अघि डा.गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उनले जानकारी दिइन् ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्