भारतमा कोरोना : कूल संक्रमित संख्यामध्ये ९ लाखभन्दा बढी संक्रिय



नयाँदिल्ली : भारतमा कोरोना भाइरसका कूल संक्रमित संख्यामध्ये ९ लाखभन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।

शनिबार सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार कूल ९ लाख ६० हजार ९६९ जना अहिले पनि संक्रमित अवस्थामा रहेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ८५ हजार ३६२ जना कोरोना भाइरसबाट संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय भारतले जनाएको छ । योसँगै अहिलेसम्म कूल ५९ लाखभन्दा बढी संक्रमित छन् ।

कोरोनाको कारणले मृत्यु भएकाहरुको संख्या ९३ हजार ३७९ पुगेको छ । तीमध्ये १ हजार ८९ संक्रमितको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणमुक्त भइसकेकाहरुको संख्या ४८ लाख ४९ हजार ५८५ रहेको छ ।

प्रदेश अनुसार महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ भने त्यसपछि कर्नाटक, अन्द्र प्रदेश, उत्तर प्रदेश र तमिल नाडु प्रभावित छ । मेडिकल रिसर्च काउन्सिलका अनुसार अहिलेसम्म भारतमा ७ करोड २ लाख ६९ हजार ९७५ जनाले कोरोना परीक्षण गराएका छन् ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्