नेपाल प्रहरीमा चार हजारभन्दा बढी संक्रमित



काठमाडौं : कोरोना भाइरसविरुद्ध फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मी नै संक्रमित हुन थालेका छन् । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या चार हजार १०५ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार नेपाल प्रहरीका चार हजार १०५ मध्ये एक हजार ८७१ जना सक्रिय संक्रमित छन् भने दुई हजार २३४ जना कोरोनामुक्त भए डिस्चार्ज भइसकेका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २९१ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा १६२ जना सक्रिय संक्रमित छन् ।

प्रदेश २ मा १५८ जना, बाग्मती प्रदेशमा १२४ जना, गण्डकी प्रदेशमा १५६ जना, प्रदेश ५ मा १५३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८० जना प्रहरी सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्