सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि



सिन्धुली : सिन्धुलीमा एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलामाई नगरपालिाका–६ का एकै परिवारका ६ जनासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार संक्रमित व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब परीक्षणका क्रममा एकै परिवारका ६ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार अन्य तीन जना भने सिन्धुली सदरमुकाममा रहेको क्वारेन्टाइनमा बसेका हुन् । संक्रमितहरु २० देखि ६० वर्ष उमेरका छन् ।

उनीहरुमध्ये २ जना महिला र ७ पुरुष छन् । यो सँगै सिन्धुलीमा संक्रमितको संख्या ७७ पुगेको छ ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्