मन्त्रिपरिषद्को बैठक शुरु



काठमाडौं– मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक शरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बोलाइएको हो । आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए ।

उक्त अध्यादेश मन्त्रिपरिषद्बाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ । सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ ।

एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।

दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुरसम्बन्धी कानुन छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्