‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’



काठमाडौं : कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै पर्यटन मजदुरहरु प्रदर्शनमा उत्रिएका छन् ।

आइतबार दिउँसो नेपाल पर्यटन बोर्ड पुगेर पर्यटन मजदुरहरुले प्रदर्शन गरेका हुन् । उक्त कार्यक्रम पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंले आयोजना गरेको हो ।

प्रदर्शनमा उनीहरुले ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे अफ टुरिजम वर्करस’, ‘डन्ट किल नेपाल टुरिजम’ लगायत नारा लेखिएका प्लेकाड बोकेका थिए ।

यता प्रदर्शनकारीले पर्यटनमन्त्री योगेश भट्टराईको राजीनामा समेत माग गरेका थिए । उनीहरुले पर्यटन क्षेत्र सञ्चालनमा ल्याउन नसकेको र पर्यटन मजदुरको मर्का नबुझेको भन्दै पर्यटनमन्त्री भट्टराईको राजीनामा माग गरेका थिए ।

प्रकाशिच : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्