माइक्रोले ठक्कर दिँदा काँग्रेस सांसद घाइते, नर्भिकमा उपचार हुँदै



काठमाडौं : माइक्रोले ठक्कर दिँदा नेपाली काँग्रेसका सांसद घाइते भएका छन् । काँग्रेस सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिँदा उनी घाइते भएका हुन् ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो ।

अहिले स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए ।

माइक्रोको ठक्करबाट घाइते भएका उनको खुट्टा र कुमनेर चोट लागेको छ ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्