एम्बुलेन्स सेवा पुनः सञ्चालन



रसुवा : बिरामी उपचार सेवामा सहज पार्न रेडक्रस रसुवाले आफ्नो स्वामित्वको एम्बुलेन्स पुनःसञ्चालनमा ल्याएको छ । मर्मत हुन नसकी लामो समयदेखि थन्किएको एम्बुलेन्स पुनः सञ्चालनमा आएपछि छिटोछरितो बिरामी अस्पताल पुर्याउन सहज भएको छ ।

एम्बुलेन्स मर्मतका लागि प्रतिनिधिसभा सदस्य मोहन आचार्यले दुई लाख ८० हजार रुपैया सहयोग प्रदान गरेका रेडक्रस जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङले बताए । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र नारा बोकेको संस्था भए पनि एम्बुलेन्स मर्मत गर्ने रकमको अभाव भइरहेको अवस्थामा सांसद आचार्यले दिएका मर्मत सहयोग महत्वपूर्ण भएको रेडक्रसले जनाएको छ । दुई वर्षदेखि थन्किएको एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुशी भएको स्थानीय समाजसेवी सोनामसाङ्मो तामाङले बताए ।

यस्तै सांसद आचार्यले आफ्नो निजी स्काभेटर निःशुल्क उपलब्ध गराई पहिराबाट सडकमा भएका अवरोध हटाउने कार्यमा सहजीकरण गर्ने र छोटो दूरीका नयाँ ग्रामीण सडक निर्माण जस्ता विविध कार्यमा विगत वर्षदेखि नै सहयोग गर्दै आएका उत्तरगया गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्