चलचित्र ‘ए मेरो हजुर-४’मा दुर्गेश थापा अनुबन्द



काठमाडौं : गायक दुर्गेश थापा चलचित्र ‘ए मेरो हजुर-४’मा अनुबन्द भएका छन् ।

चलचित्रको प्रोमोसनका लागि मात्रै नभएर उनी सिनेमाको पर्दामा पनि देखिने छन् । “चलचित्रमा गायकको छोटो रोल छ । त्यसमा हामीले दुर्गेशलाई अनुबन्द गरेको छ,” चलचित्र ‘ए मेरो हजुर-४’ का निर्माता सुनिल कुमार थापा भन्छन्, “उनलाई दर्शकले गायकका रुपमा देख्न सक्नु हुने छ ।”

झरना थापाको निर्देशन रहेको चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । चलचित्र छायांकन भइरहेका बेला कोरोना संक्रमणको त्रासका कारण लकडाउन भएपछि सुटिङ रोकिएको थियो । निर्माता थापाले सरकारले छायांकनको अनुमति दिए लगत्तै बाँकी सुटिङ सुरू गर्ने बताए ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्