आजको शेयर बजारमा सामान्य करेक्शन



काठमाडौं : सोमवार शेयर बजारमा ४.७३ अंकको करेक्शन देखिएको छ ।

आज ०.३० प्रतिशतले घटेको बजारमा १ अर्ब ६९ करोड भन्दा धेरैको कारोबार भएको छ । अल्पकालीन लगानीकार्ताहरु हाबि हुदाँ सोमबार शेयरबजार परिसुचक नेप्से ४.७३ अंकले ओरालो लाग्दै १५ सय ६०.८३ अंकको विन्दुमा बजार बन्द भएको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि ०.८७ अंकले ओरालो लाग्दै ३ सय ९.६१ अंकमा कारोबार बन्द भएको छ । १ सय ९१ कम्पनीको कुल ३० हजार ५ सय ९६ पटकको कारोबारमा ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयरको खरिदविक्रि हुदाँ १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५ सय २४ रुपैँया ९६ पैसाको कारोबार भएको छ । कारोबार भएका १२ उप समुह मध्ये १० उप समुहको परिसुचकमा गिरावट आएको छ ।

विकास बैंक र फाइनेन्स समुहको परिसुचकमा मात्र वृद्धि देखिएको छ । ४ अंक भन्दा धेरैले घटेको बजारमा फाइनेन्स समुहको परिसुचक भने १ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

त्यस्तै व्यापार अर्थात ट्रेडिङ समुहको परिसुचक सार्वधिक १ प्रतिशत भन्दा धेरैले घटेको छ । अंकका आधारमा सोमबार पनि जिवन बिमा समुहको परिसुचक ५२.९१ अंकले ओरालो लागेको छ । आज हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको सार्वधिक ९ करोड ३२ लाख ६३ हजार ४ सय ५६ रुपैँया बराबरको कारोबार भएको छ । रिलायेन्स लाईफ इन्सोरेन्सको सबैभन्दा धेरै २ हजार ६ सय ९ पटक कारोबार भएको छ ।

घटेको बजारमा पनि नेपाल फाईनेन्स लिमिटेडको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले उकालो लाग्दै २ सय ३९ रुपैया प्रति कित्ता शेयरमा अन्तीम कारोबार भएको छ । १६९ कम्पनीको कारोबार भएकोमा १ सय ६ कम्पनीको शेयरमुल्य घटेको छ भने ४५ कम्पनीको शेयर मुल्य बढेको छ बाँकि १८ कम्पनीको शेयरमुल्य स्थीर छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्