उपत्यकामा ८१७ सहित देशभर १३५१ संक्रमित थपिए (विवरणसहित)



काठमाडौंः पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभर १३५१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज (सोमबार)को नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिएका छन् ।

यस्तै देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका जानकारी दिए । उनका अनुसार २४ घण्टामा थप ७४२ जना निको भएका छन् । याेसँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको छ । हालसम्म देशमा परीक्षण भएकामध्ये पोजेटिभ केस भने ७४ हजार ७४५ छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरी कुल ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्