‘एयर बबल’ सम्झौता अनुसार नेपाल-भारत उडानकाे तयारी



काठमाडौं : नेपाल-भारत अन्तर्राष्ट्रिय उडान ‘एयर बबल’ सम्झौता अनुसार हुने भएको छ ।

भारतीय उड्डयन मन्त्रालयले नेपाल-भारतबीच ‘एयर बबल’ नियम अनुसार उडान गर्ने प्रस्ताव राखेको हो ।

भारतीय पक्षको प्रस्तावसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन मन्त्रालयले छलफल थालेको छ । स्रोतका अनुसार भारतीय पक्षको प्रस्ताव अनुसार स्वास्थ्यसम्बन्धी मापदण्ड र नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा अहिले लागू गरेको नियम अनुसार छिट्टै उडान खोल्ने तयारी भएको छ ।

‘एयर बबल’ उडान अनुसार नेपालबाट उडान हुँदा नेपाली र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउने छन् । भारतबाट नेपाल उडान हुँदा पनि भारतीय नागरिक र नेपाली नागरिक यात्रा गर्न पाउँछन् । अन्य देशका नागरिकले यसरी सुरु हुने उडानमा यात्रा गर्न पाउँदैनन् ।

योसँगै अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट तथा क्वारेन्टाइनको नियम भने पुरा गर्नुपर्नेछ । अहिले भारतले विभिन्न देशहरुसँग एयर बबल नियम अनुसार उडान गरिरहेको र नेपालमा पनि सोही अनुसार उडान गर्ने प्रस्ताव पठाएको छ ।

मन्त्रालयले दुई पक्षीय सहमतिमा उडान सुरु गर्ने विषयलाई अन्तिम चरणमा पुर्याएकाे र केही दिनबाट उडान सुरु गर्ने तयारीसमेत गरेको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्