दशैंको अग्रिम टिकट बुकिङ असोज २०देखि खोल्न प्रस्ताव



काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ ।

यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज २० देखि २५ सम्म सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताप गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षको तुलनामा यस वर्ष उपत्यका छाड्ने व्यक्ति कम हुने छ ।

गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागले गरेको छ ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्