धरानमा कोरोनाले महिलाको मृत्यु



धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा राति नै उनको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उनको कोरोना पोजेटिभ देखिएको हो ।

उनलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा सुगरको मात्रा अत्याधिक देखिएको प्रवक्ता सापकोटाले बताए । योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्