प्रदेश २ मा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित डिस्चार्ज



जनकपुरधामः प्रदेश नम्बर २ मा आज (सोमबार) अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।

सोमबार प्रदेशको विभिन्न जिल्लाबाट २ सय २७ महिला र ७ सय ६० पुरुष गरी ९ सय ८७ जना संक्रमित व्यक्तिहरु निको भएर डिस्चार्ज भएका छन् । यससँगै प्रदेश २ मा कोरोनाबाट निको हुनेको संख्या ८ हजार ७ सय ३६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज बारामा सबैभन्दा बढी २ सय ५ जना डिस्चार्ज भएका छन् भने रौतहटमा २ सय १, महोत्तरीमा १ सय ७५, धनुषामा १ सय ५२, सर्लाहीमा १ सय २०, पर्सामा ९२, सप्तरीमा २२ र सिरहामा २० जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।

पर्सा जिल्लामा सबैभन्दा बढी २ हजार ५ सय ४१ जना कोरोना संक्रमितहरु रहेका छन्। जसमध्ये २ हजार २ सय ३२ जना डिस्चार्ज भईसकेका छन् । धनुषामा १ हजार ९ सय २० जना कोरोना संक्रमित रहेकोमा १ हजार १ सय ५८ जना, बारामा १ हजार २ सय ७४ जना संक्रमित रहेकोमा १ हजार १ सय ४९, रौतहटमा १ हजार ९ सय ५ जना संक्रमित रहेकोमा १ हजार १ सय २८ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै सप्तरीमा १ हजार २ सय २६ जना कोरोना संक्रमित रहेकोमा ९ सय ६१ जना, सर्लाहीमा १ हजार ९ सय ३ जना संक्रमित रहेकोमा ९ सय १७ जना, महोत्तरीमा १ हजार ४ सय २३ जना संक्रमित रहेकोमा ६ सय ७ जना डिस्चार्ज भएका छन् भने सिरहामा १ हजार २ सय २७ जना संक्रमित रहेकोमा ४ सय ९ जना डिस्चार्ज भएका छन् भने विभिन्न अन्य स्थानका १० जना कोरोना संक्रमित मध्ये ६ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै, सोमबार प्रदेश २ मा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या १३ हजार ४ सय २९ पुगेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा बारामा १६ जना, पर्सा र धनुषामा ६र६, रौतहटमा ३, सिरहामा २, सप्तरी, सर्लाही र महोत्तरीमा १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा सोमबार दुईजनाको मृत्यु भएको उनले बताए । आज मृत्यु हुनेमा धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखरका ६५ वर्षीय पुरुष र सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं. ३ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रहेका ७२ वर्षीय महिलाको मृत्यु भएको छ । यस सँगै यस प्रदेशमा कोरोना संक्रमणका कारण १ सय २९ जनाको मृत्यु भईसकेको जनाइएको छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्