चितवनमा बाघको आक्रमणबाट महिलाको मृत्यु



चितवनः चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका ६ बछौलीकी ५५ वर्षीया भावना चौधरीलाई घाँस काट्न गएका वेला बाघले आक्रमण गरेको हो ।

उनलाई खैरहनी नगरपालिका १३ कुमरोज सामुदायिक बनमा बिहान करिव ९ बजेतिर बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकोे छ ।

घास काट्न जाँदा बाघले आक्रमण गरी जंगलतर्फ लगेको भन्ने सूचना पाएपछि प्रहरीले खोजी गर्दा सोही स्थानको घाँसेमैदानमा उनी मृत फेला परेकी थिइन् । यसअघि असोज १० गते घाँस काट्न गएका बेला भरतपुर १३ का ६३ वर्षीय पुरुष बाघको आक्रमणमा परेर मृत्यु भएको थियो ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्